स्नातक तह तेश्राे वर्षमा अध्ययनरत नियमित आंशिक तथा माैका परीक्षा आवेदन फारम भर्ने समय काेराेना भाइरसका कारण स्थगित

कक्षा ११ १२ काे वार्षिक परीक्षा काेरोना भाइरसका कारण स्थगित घर बसाै स्वस्थ रहौ ।   

देशको अवस्थितिको हिसाबले विगतको तत्कालीन अवस्थामा तेह्रथुम जिल्ला दुर्गम जिल्लाको रुपमा रहेको हो । 

दुर्गम जिल्लाको रुपमा परिचित भए पनि चेतनाको हिसाबले यो जिल्ला देशकै अग्रणी जिल्लाको रुपमा पनि चिनिएको हो । यस जिल्लामा शैक्षिक आन्दोलन  र  सामाजिक आन्दोलनहरु निरन्तरतापूर्वक अगाडि बढिरहेकै हुन् । जिल्लाको पूर्वी क्षेत्र ‘आठराइ’ ले यी विषयहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तथ्यहरु सार्वजनिक नै छन् । जसको श्रेय ‘तेह्रथुम बहुमुखी क्याम्पस’ आठराइलाई जान्छ ।राजनैतिक हिसाबले तत्कालीन व्यवस्थाप्रतिका नेतृत्वदायी व्यक्तित्वहरु फेदाप क्षेत्रले जन्माइरहेको भए तापनि शैक्षिक तथा प्राज्ञिक नेतृत्वमा भने अग्रणी भूमिका निर्वाह गर्न सकिरहेको थिएन । छथर क्षेत्र फेदाप क्षेत्रभन्दा पनि पछि परेको अवस्थामा थियो । जिल्लाको सदरमुकाम म्याङलुङमा भए पनि उच्च शिक्षाको क्षेत्रमा पूर्वी क्षेत्रभन्दा पछि नै थियो । शिक्षा नै सभ्यता र चेतनाको आधार भएको यथार्थतालाई महशुस गरी आर्थिक सामाजिक विपन्नताका वावजुद स्थानीय जिल्लाबासी अगुवाहरुको पहलमा निक्कै नै अप्ठ्यारो स्थितिबाट म्याङलुङ क्याम्पस तेह्रथुमको विधिवत् रुपमा २०३८ सालमा स्थापना भयो । उच्च शिक्षाको क्षेत्रमा यसपछि देखि मात्र जिल्लाबासी तथा जिल्लाका आसपासका अन्य जिल्लाका विद्यार्थीहरुले समेत यस क्याम्पसमा सहजतापूर्वक अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् ।    थप हेर्नुहोस       

श्री  दधिराम न्यौपाने - क्याम्पस प्रमुख                                                         

पूर्वी नेपालको मध्यपहाडी जिल्लाको सदरमुकाममा अवस्थीत म्याङलुङ्ग  बहुमुखी  क्याम्पस २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको हो । यस क्याम्पसलाई स्थापना गरि हालको यस अवस्थासम्म ल्याउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरु एवं सहयोगी शुभेच्छुक सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछु । सभ्यताको सिंडी चढ्दै अगाडि बढाउने महत्वपुर्ण माध्यम शिक्षा हो भन्ने अर्थवोध भएरनै यस क्याम्पसको स्थापना पश्चात राष्ट्र तथा समाजलाई चाहिने थुप्रै जनशक्ति उत्पादन भएका छन्।  यस सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगको भूमिका अविश्मरणीय तथा महत्वपुर्ण रहेकोले विश्वविद्यालय अनुदान आयोग प्रति आभार प्रकट गर्दछु र आगामि दिनमा सबै क्षेत्र बाट थप सहयोगको समेत अपेक्षा गर्दछु ।
MYANGLUNG WEATHER
 .